प्रियंका र दीपिकापछि अर्की हिरोइन हलिवुड जादै 

खरीबोट
ad

मुम्बई ।  बलिउड अभिनेत्रीहरुको हलिवुडमा जाने क्रम जारी छ । 

प्रियंका चोपडा र दीपिका पदुकोनेपछि अर्की अभिनेत्री राधिका आप्टेले पनि हलिवुडको फिल्म साइन गरेकी छन् ।

फिल्ममा दिने ग्लामरस सिङ र अभिनयका कारण सधै चर्चामा आउने राधिकाले हलिवुडको फिल्म ‘वर्ल्ड वार २’ मा अभिनय गर्ने भएकी हुन् ।

फिल्ममा राधिकाले नूर इनायत खानको भुमिका निभाउने भएकी छन् जो पहिलो वायरलेस अपरेटर थिइन् । यस फिल्मको कहानी ब्रिटिश इन्टेलिजेन्स अधिकृत वेरा अटकिन्सको कहानीसँग जोडिएको छ । फिल्ममा वेराको भुमिका केस्टल एलमले निभाउदै छिन् ।

केहि समय अघि मात्र बलिवुडमा अक्षयकुमारसँग फिल्म प्याडम्यानमा देखिएकी राधिकाको अब बजार नामको फिल्म रिलिज हुदै छ । यहि अप्रिल २६ मा रिलिज हुने सो फिल्ममा राधिकाका अलावा चित्रांगदा सिंह, अतुल कुलकर्नी र सौरभ शुल्क प्रमुख भूमिकामा रहेका छन् । 
 

सम्बन्धित समाचार

नाना पाटेकरले गर्दा बलिवुड छोडे - अभिनेत्री तनुश्री दत्ता 

बलिवुड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले गर्दा आफुले बलिवुड छोडेको खुलासा गरेकी छन् । केहि बर्षदेखि अमेरिकामा रहेकी तनुश्रीले सन् २००८ मा हर्न ओके प्लिजको सुटिंगका क्रममा नाना पाटेकरले

यी हुन् बलिवुडका पढाईमा राम्रो डिग्री भएका सेलिब्रेटी

मुम्बई। बलिवुडमा पढाईलाई भन्दा अभिनयलाई धेरै सरहाना गर्ने गरेको पाइन्छ। साथै बलिवुडमा आउने योजना बनाएका नयाँपुस्ता ले पनि आफ्नो पढाईलाई भन्दा अभिनय प्रति नै बढी जोड दिएको देखिन्छ।  बलिवुडमा ठुला ठुला

के तपाईलाई थाहा छ यी बलिवुड स्टारहरुको असली नाम के हो ?

काठमाडौँ।  बलिवुडमा कैयौ सुपरस्टारहरुको अहिलेको चर्चित नाम र उनीहरुको वास्तविक नाम फरक रहेको छ । कैयौ स्टारहरुको उपनाम पनि निकै चर्चित रहेको छ। प्रसिद्धि कमाउन बलिउड स्टार कुनै पनि सम्झौता

अहिलेका बलिवुडका चर्चित अभिनेत्रीहरु जो भारतीय होइनन् 

मुम्बई।  बलिवुडमा भारतीय अभिनेत्रीहरुको मात्र दबदबा रहेको छैन । अहिले शिर्ष स्थानमा रहेका अभिनेत्रीहरु जो भारतीय नागरिक होइनन्, यस रिपोर्टमा ती अभिनेत्रीहरुको चर्चा गर्न खोजिएको छ।   यस सुचिमा सबैभन्दा अगाडी