मुम्बई । बलिउड अभिनेत्रीहरुको हलिवुडमा जाने क्रम जारी छ ।
प्रियंका चोपडा र दीपिका पदुकोनेपछि अर्की अभिनेत्री राधिका आप्टेले पनि हलिवुडको फिल्म साइन गरेकी छन् ।
फिल्ममा दिने ग्लामरस सिङ र अभिनयका कारण सधै चर्चामा आउने राधिकाले हलिवुडको फिल्म ‘वर्ल्ड वार २’ मा अभिनय गर्ने भएकी हुन् ।
फिल्ममा राधिकाले नूर इनायत खानको भुमिका निभाउने भएकी छन् जो पहिलो वायरलेस अपरेटर थिइन् । यस फिल्मको कहानी ब्रिटिश इन्टेलिजेन्स अधिकृत वेरा अटकिन्सको कहानीसँग जोडिएको छ । फिल्ममा वेराको भुमिका केस्टल एलमले निभाउदै छिन् ।
केहि समय अघि मात्र बलिवुडमा अक्षयकुमारसँग फिल्म प्याडम्यानमा देखिएकी राधिकाको अब बजार नामको फिल्म रिलिज हुदै छ । यहि अप्रिल २६ मा रिलिज हुने सो फिल्ममा राधिकाका अलावा चित्रांगदा सिंह, अतुल कुलकर्नी र सौरभ शुल्क प्रमुख भूमिकामा रहेका छन् ।