एथलेटिकोका स्ट्राइकर डिएगो कोष्टालाई करछलीको आरोप

खरीबोट
ad

काठमाडौँ । स्पेनमा करछली प्रकरणमा पछिल्लो पटक एथलेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा मुछिएका छन् ।

कोष्टाले सन २०१४ मा एथलेटिको म्याड्रिडमा हुदा एडिडाससँग गरेको बुटको सम्झौताबापत पाएको ४ लाख युरोको कर नतिरेको विषयमा छानबिन सुरु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

सोहि समयमा कोष्टा एथलेटिको छोडेर प्रिमियर लिग क्लब चेल्सीमा आएका थिए । स्पेनिस कर अधिकारीहरुले चेल्सी आउनु अघि बर्षको ६ महिना कोष्टाले स्पेनमै गुजारेकाले उनले आधा बर्षको आय घोषणा गरेर कर तिर्नु पर्ने दाबि गरेका छन् ।

स्पेनमा करछली प्रकरणमा छानबिन गरिएका कोष्टा पहिलो खेलाडी भने होइनन् । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्ड को करछली प्रकरण अहिलेपनि अदालतमा रहेको छ भने लियोनेल मेसी, फल्काओ, पेपे, एन्जल डी मारिया, फाबिओ कोएनत्राओ, डेभिड बेकहम जस्ता खेलाडीहरुलाई करछलीको आरोपमा छानबिन गरिसकिएको छ ।
 
 

सम्बन्धित समाचार

रियल म्याड्रिडको जितमा मार्को एसेन्सियोको गोल 

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती भएको खेलमा रियलले इस्पेनियललाई १-० गोल अन्तरले गर्दै जित हासिल गरेको हो। रियलको जितमा एक मात्र गोल मार्को एसेन्सियोले गरेका

ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो

रियल सोसीइडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, स्वरेज र डेम्बेलेले गरे गोल  

काठमाडौँ।  ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीइडाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  खेलको ६२ मिनेटसम्म १-० ले पछि परेको बार्सिलोनाले तीन

ला लिगाको नवआगन्तुक क्लबलाई बार्सिलोनाको गोल वर्षा, मेसीले बनाए रेकर्ड  

काठमाडौँ। स्पेनिस  ला लिगामा बार्सिलोनाले हुएसकामाथि गोल वर्षा गरेको छ। गएराती खेलमा बार्सिलोनाले हुएसकालाई ८-२ को गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाका लागि लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरे