• २०८१ बैशाख ८ शनिबार

एथलेटिकोका स्ट्राइकर डिएगो कोष्टालाई करछलीको आरोप

kharibot

काठमाडौँ । स्पेनमा करछली प्रकरणमा पछिल्लो पटक एथलेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा मुछिएका छन् ।

कोष्टाले सन २०१४ मा एथलेटिको म्याड्रिडमा हुदा एडिडाससँग गरेको बुटको सम्झौताबापत पाएको ४ लाख युरोको कर नतिरेको विषयमा छानबिन सुरु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

सोहि समयमा कोष्टा एथलेटिको छोडेर प्रिमियर लिग क्लब चेल्सीमा आएका थिए । स्पेनिस कर अधिकारीहरुले चेल्सी आउनु अघि बर्षको ६ महिना कोष्टाले स्पेनमै गुजारेकाले उनले आधा बर्षको आय घोषणा गरेर कर तिर्नु पर्ने दाबि गरेका छन् ।

स्पेनमा करछली प्रकरणमा छानबिन गरिएका कोष्टा पहिलो खेलाडी भने होइनन् । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्ड को करछली प्रकरण अहिलेपनि अदालतमा रहेको छ भने लियोनेल मेसी, फल्काओ, पेपे, एन्जल डी मारिया, फाबिओ कोएनत्राओ, डेभिड बेकहम जस्ता खेलाडीहरुलाई करछलीको आरोपमा छानबिन गरिसकिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै