• २०८१ बैशाख ६ बिहीबार

अन्तरघातीलाई कारवाही गर्न पौडेल समुहले दिएन :: सभापति देउवा 

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाही गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले नदिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीवीहरूको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अन्तरघात गर्नेहरूलाई निष्कासन नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको बताए । साथै उनले निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको दाबी गरेका छन् ।

सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको पनि स्मरण गराएका थिए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील काँग्रेस बनाउनुपर्नेमा जोड दिदै कांग्रेसलाई कामै गर्ने पार्टीको रूपमा स्थापित गराउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।

कांग्रेस महामन्त्री  शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीवीहरूले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औँल्याए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै