• २०८१ बैशाख ४ मंगलबार

राजस्थान रोयल्ससँग हार्यो विराटको बैंगलोर, सिजनमा दोस्रो हार 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको छ । 

आइतबार भएको खेलमा २१८ रन पछ्याएको बैंगलोर २० ओभरमा ६ विकेट गुमाउदै १९८ रन मात्र बनाएपछि खेल १९ रनले हारेको हो ।

जितसँगै राजस्थानले आइपिएलको यस सिजनमा पहिलो दोस्रो जित हासिल गरेको छ भने बैंगलोरले ३ खेलमा दुई खेलमा हार बेहोरेको छ ।

बैगलोरको पारीमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाएका थिए भने मनदीप सिंहले ४७ रन बनाएका थिए । त्यस्तै वाशिंगटन सुन्दरले ३५ र डि ककले २६ रनको योगदान दिएका थिए । राजस्थानका बलर स्रेयास गोपालले २ विकेट लिएका थिए ।

यस अघि राजस्थानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै २१७ रन बनाएको थियो । राजस्थानको पारीमा संजु सामसनले सर्वाधिक ९२ रन बनाएका थिए ।

सामसनले ४५ बलको सामना गर्दै १० छक्का र २ चौकाको मद्धतले ९२ रन बनाएका थिए । उनि अन्त्यसम्म नटआउट रहे ।

त्यस्तै राजस्थानका लागि कप्तान अजिख्य रहानेले ३६ र बेन स्टकले २७ रनको पारी खेलेका थिए । बैंगलोरका बलर क्रिस वोक्स र युज्वेंद्र चहलले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच राजस्थानका संजु सामसन बनेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै