• २०८१ बैशाख ४ मंगलबार

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुटको बहार

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको घोषणा गरेको छ ।

बैंकले ल्याएको अफर अनुसार आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा-वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ । 

२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । 

बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू १५६ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०९ अर्ब र कुल निक्षेप करिब रू १३४ अर्ब पुगिसकेको छ । 

साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै