• २०८१ बैशाख ७ शुक्रबार

प्रचण्डविरुद्धको रिट दायर गर्न दिएको आदेशमा सर्वोच्चले के भनेको छ ?

kharibot

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दायर गर्न दिएको आदेशमा संक्रमणकालीन न्यायका विषयलाई न्यायिक प्रक्रियाबाट समयमा निरुपण गर्नुपर्ने बताएको ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दिएको आदेशमा संक्रमणकालीन न्यायका विषयलाई अल्झाएर राख्न नहुने भन्दै रिट दायर गर्न आदेश दिएको थियो ।

टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारजनाको मात्र आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिलाई आधार बनाएर फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका थिए । सो रिटलाई रिट दर्ता नगरी सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो । प्रशासनको सो दरपीठको आदेशविरुद्ध आरण र बुढाथोकीले निवेदन दायर गरेका थिए । जसमा प्रशासनको निर्णय उल्टाउँदै इजलासले रिट दर्ता गर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेश :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै