• २०८१ बैशाख १३ बिहीबार

संबिधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने ९ दलको निर्णय

kharibot

काठमाडौं । नौ दलीय गठबन्धनले पछिल्लो समय संबिधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवं भावना विपरित भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको निष्कर्ष निकालेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको गठबन्धनको बैठकले संबिधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडी बढ्ने दृढता व्यक्त गरेको छ ।

साथै ९ दलको बैठकले संक्रमणकालीन न्याय बारेमा उठेका विषयमा समेत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

यस अघि आठ दलको गठबन्धन रहेकोमा आजको बैठकदेखि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि गठबन्धनको बैठकमा सामेल भएको हो ।

९ दलको निर्णय: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै