• २०८१ बैशाख ११ मंगलबार

राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

kharibot

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् । 

कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पको महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएको बताएका छन् । 

कोमीले २०१६ मा अमरिकी निर्वाचनको एक साता अघि राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणको छानबिन सुरु गरेर चर्चामा आएका थिए । 

सो प्रकरण बारे बोल्दै कोमीले त्यतिबेला हिलारीले चुनाव जित्नेमा आफु विस्वस्त रहेको बताए । तर परिणाम सो अनुसार नआएको बताउदै आफुले एफबिआईको निर्देशकको रुपमा गर्न सक्ने जति उत्कृष्ट काम गरेको दाबि गरे ।

ट्रम्पबारे कडा रुपमा प्रस्तुत भएका कोमीले राष्ट्रपति ट्रम्प सत्यलाई विस्वास नगर्ने व्यक्ति भएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै