• २०८१ बैशाख ११ मंगलबार

राष्टपतिमा नेमकिपाले एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई भोट दिन्छ- प्र‍ेम सुवाल

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्टपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन् ।

यसका लागि राष्टपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए । 

उनले राष्टपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्टपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै