दाङमा दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

खरीबोट
ad

तुलसीपुर, दाङ ।  सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । 

विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ । 

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ । 

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिए । उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिए । 

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताए । 

सम्बन्धित समाचार

दाङका उन्नाइस वडा सचिवविहीन

दाङ । जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् । शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् । दुई उपमहानगरपालिका, एक

दाङमा फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

दाङ । घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र

प्रकाण्डलाई दाङ अदालतबाट ८ दिनको म्याद थप

दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङको अदालतमा उपस्थित गराइएको छ । शुक्रबार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई आइतबार दिउँसो अदालतमा उपस्थित गराएर आठ दिनको म्याद थप

प्रकाण्डलाई दाङ जिल्ला अदालतमा पेश गरिदै 

दाङ। नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।  स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई  केहि बेरपछि