• २०८१ बैशाख ७ शुक्रबार

दाङमा दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

kharibot

तुलसीपुर, दाङ ।  सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । 

विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ । 

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ । 

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिए । उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिए । 

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै