विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनको दबाब, प्रधानमन्त्रीलाई ७२ घन्टे अल्टिमेटम दिने तयारी 

खरीबोट
ad

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने भएका छन् । 

सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि फिर्ता गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै त्यसको विरोधमा उत्रिने निर्णय गरेका छन् ।

नेविसंघका अध्यक्ष नयनसिंह महरले खरिबोटसँग कुरा गर्दै ७२ घन्टे अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र सरकारले चर्को शुल्कका विरुद्ध कदम नचाले शिक्षा मन्त्रालयका सम्पूर्ण काम कारवाही अवरुद्ध गरिदिने बताए ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगाएत सहभागी थिए ।

पटक पटक भर्नाका बेला विद्यार्थीहरुले विरोध गर्ने र सरकारले सम्झौता मात्र गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दा अध्यक्ष महरले चर्को शुल्क वृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने बताए । महरले सरकारको भर्ना अभियानमा भने आफुहरुको पूर्ण समर्थन र सहयोग रहेको खरीबोटलाई जानकारी दिए ।  
 

सम्बन्धित समाचार

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा 

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । लोकतान्त्रिक कानुनी राज्यमा  विधिको शासनको  अपहेलना  र बेवास्ता गर्दै  सर्वोच्च अदालतबाट  पटक–पटक  भएका मुद्दाको फैसल्ला  र त्यसबाट बनेको  सर्भिस ल वर्षौँसम्म

प्याब्सनद्वारा शिक्षा विधेयकमा संशोधनको माग, विद्यालय बन्द गर्ने चेतावनी 

काठमाडौँ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा निजी विद्यालयलाई सम्बोधन हुने गरी संशोधन गर्न माग गरेका छन् ।  प्याब्सनद्वारा आयोजित

सप्तरीमा फ्लुका कारण विद्यालय बन्द

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद्

मिथिला नगरपालिका पूर्ण बालबालिका विद्यालय भर्ना घोषणा

धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरेको छ । ३९औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका