काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती बैशाख चार गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
ट्रेजरी खरिदको लागि अहिले अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिने छ । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने अवधिको परिपक्व मिती २०७५ साउन एक गते रहेको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ असोज ३० गते रहेको छ ।
राष्ट्र बैंकले यसअघि पनि चैत २६ गते दिने अवधिको तीन सय करोड, एक सय ८२ दिने अवधिको एक सय ८९ करोड ८६ लाख र तीन सय ६४ दिने अवधिको छ सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।