अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

खरीबोट
ad

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । 

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । 

उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” 

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने“कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । 

सम्बन्धित समाचार

 निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै काँग्रेसको प्रदर्शन

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।  भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन

काँग्रेस सांसदको सरकारलाई प्रश्न - के अब संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री बनाउने हो ?

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकमा सरकारलाई संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्नु हुन्छ भन्ने प्रश्न गरेका छन्।  बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद भरत शाहले नेपाल वायु सेवा निगममा पहिलेका

निर्मलाका वास्तविक बलात्कारीलाई लुकाएर सरकारले घट्नाको ढाकछोप गर्यो - काँग्रेस सभापति देउवा  

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारीलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् । शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले

काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै , यस्ता छ्न् एजेन्डा

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। भदौ २१ गते स्थगित भएको बैठक आजका लागि तोकिएको हो।  बैठकले कार्यसम्पादन समिति र