• २०८१ बैशाख ८ शनिबार

ओली-प्रचण्ड भेटवार्ता : एकता संयोजन समितिको बैठक मंगलबार बस्ने 

kharibot

काठमाडौँ । एमाले-माओवादी केन्द्र एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भएको एक्लाएक्लै छलफलपछि भोली बिहान ९ बजे बैठक राख्ने संयोजन समितिको बैठक राख्ने सहमति भएको हो ।

पार्टी एकतामा सहजिकरणका लागि गठित दुई दलका कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको भएपनि विवादित विषयमा भने कुनै छलफल भएको छैन ।

दुई दलबीच पार्टीको केन्द्रीय समितिमा बराबरीको भागबन्डा, चुनाव चिन्ह र जनयुद्ध शब्द प्रस्तावनामा राख्ने विषयमा विवाद रहेको छ । 

एमाले पनि एकताका बारेमा थप छलफल गर्न आजै स्थायी समितिको बैठक बोलाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै