नवनिर्वाचित राष्ट्रपति पौडेललाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डको स्वागत
खरीबोट
२०७९ फाल्गुण २५ बिहीबार
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले उनलाई स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रसहितका नौं दलको मत पाएर पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई आधाभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् ।
राष्ट्रपतिमा निर्वाचित पौडेलको आगामी सोमबार राष्ट्रपतिको शपथ हुने तयारी गरिएको छ ।