• २०८१ बैशाख ७ शुक्रबार

इन्धन बोक्ने ट्यांकरबाट १६० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

kharibot

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै