इन्धन बोक्ने ट्यांकरबाट १६० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

खरीबोट

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
 

सम्बन्धित समाचार

मेक्सिकाली राष्ट्रपतिद्वारा लागूऔषध विरुद्धको युद्ध समाप्तिको घोषणा

मेक्सिको । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन् । उनले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको

लागूऔषध दुव्र्यसनीमा फस्दै किशोरी

बाँके । छोराहरु मात्र लागूऔषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाइँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शङ्का नै नगर्ने त गर्नुभएको छैन ? यदि त्यस्तो हो भने

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

काठमाडौं। भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध


z