निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ - सभापति देउवा

खरीबोट
ad

हेटौँडा ।  नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । 

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाए । 

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताए । 

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए । 

सम्बन्धित समाचार

काँग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ। नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।  कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र

काँग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग दशै मनाए

गुल्मी। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन् । विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी

कांग्रेसले दसैंको शुभकामना दिँदै भन्यो : दलगत स्वार्थभन्दा माथि उठौ 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंको शुभकामना दिँदै आर्थिक विकासको लागि दलगत स्वार्थ र सीमा भन्दामाथि उठेर अगाडि बढ्न आह्वान गरेको छ।   सभापति शेरबहादुर देउवाद्वारा जारी  विज्ञप्तिमा आर्थिक विकासप्रति जनताको

अलबिदा बास्तोला !

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिँदै सभापति शेरवाहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्वीर : प्रदीपराज


z