घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र दायर

खरीबोट
ad

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ । 

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ । 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । 

सम्बन्धित समाचार

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत। सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार

टोखा नगरका अधिकृत १ लाख घुससहित अख्तियारको कब्जामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको टोखा नगरपालिकाका घुस्याहा अधिकृतलाई घुसरकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुस लिएको १

अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य छ : प्रमुख आयुक्त घिमिरे 

पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको काम कारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् ।  सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई

भ्रष्टाचार अभियोगमा सहन्यायाधिवक्ता पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ ।  अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु


z