• २०८१ बैशाख ७ शुक्रबार

एपेक्स घोटाला प्रकरणमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

kharibot

काठमाडौं । एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ‘क’ श्रेणीका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

भेटवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो ।

जलेह्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक उनको कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर बनाइरहेको छ । उनले कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए ।  

नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह भएको थियो। यसरी कर्जा प्रवाह हुँदा बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैँया हानी भएको थियो ।

प्रहरीले यसअघि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै