एनआईसी एशियाको ‘ग्रोथ फण्ड’ स्टक एक्सचेन्जमा सूचिकृत

खरीबोट
ad

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु  सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । 

७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ९ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो । 

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । 

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । 

म्युचुअल फण्ड संगै एनआईसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । 

एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।
 

सम्बन्धित समाचार

अतुलनीय विशेषताहरु सहित एनआईसी एशियाको दुई नयाँ चमत्कारी कर्जा योजना 

काठमाडौँ। “बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आम जनमानसमा केन्द्रित बैैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआईसी एशिया बैंकलेचमत्कारिक विशेषताहरु भएकादुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा

पोखरा। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा

एनआईसी एशिया बैंकको ३ नयाँ शाखाको शुभारम्भ 

काठमाडौँ। एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ।   बैंकले धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर