एकीकरणका विषयमा भोलिसम्म महत्वपूर्ण निर्णय लिन्छु – प्रचण्ड 

खरीबोट
ad

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । 

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको उद्घाटन गर्दै उनले “पार्टी एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भन्नुभयो ।” 

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए । 

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । 

‘अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको बताए । 

‘शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उनले भने, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।’ 

अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताए ।
 

सम्बन्धित समाचार

निर्वाचनको समयमा भएका प्रतिबद्धताअनुसार सरकारले काम गर्ने : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्

वामदेवले चुनाव लड्दिन भनेकाले अब यो प्रकरण सकियो - प्रचण्ड 

काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमले चुनाव लड्दिन भनेकाले अब यो प्रकरण सकिएको बताएका छन् ।  कगेश्वारी मनोहरामा आयोजित दशैँ शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले बामदेव चुनाव लड्ने विषयमा  

काठमाडौँ ७ मा हाम्रो सिट गुम्ने गरि उपचुनाव हुदैन - प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी उपचुनाव नगरिने स्पष्ट गरेका छन्।  काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताए छ । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको


z