नेपाली फिल्ममा बक्स अफिस प्रणाली लागु हुदै, पहिलो चरण बैशाख १० गतेदेखि सुरु हुने

खरीबोट
ad

काठमाडौँ । उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागु हुने भएको छ ।

मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि ब्एक्ष् प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ । 

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो सात देखि बक्स अफिस लागु गर्ने  पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्णसंगै कोटेश्वर जडीबुटीस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरुले इ-टिकेटिङ सिष्टमबाट टिकट काट्नु हुनेछ, परिक्षण समय पत्रकाहरुसँग बोल्दै बोध्यक्ष पौडेलले बताइन् ।

हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५-०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्ड सहयोग पनि गर्ने भनिएको छ र गरिने अध्यक्ष पौडेलले थपिन् ।

सम्बन्धित समाचार

कम बजेटमा बनेको स्त्री' को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा 

मुम्बई।  बलिवुड फिल्म 'स्त्री' भारतीय बक्स अफिसमा शानदार व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको छ । करिब २५ करोड बजेटमा बनेको यो फिल्म यस बर्षको सुपरहिट फिल्म बनेको छ।  स्त्री

राजकुमार र श्रद्धाको 'स्त्री' बक्स अफिसमा छायो 

मुम्बई।  गत शुक्रबार रिलिज बलिवुड फिल्म फिल्म 'स्त्री' भारतीय बक्स अफिसमा शानदार व्यापार गरेको छ ।  करोड ५५ लाखको व्यापार गरेर फिल्मले भारतीय बक्स अफिसमा ५४ करोड ८९ लाखको व्यापार गरेको

बक्स अफिसमा अक्षयकुमारको जादु, फिल्म 'गोल्ड' सय करोड क्लबमा 

मुम्बई । बलिवुडका खेलाडी कुमार भनेर चिनिने अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’ ले रिलिजको १३औ दिन भारतीय बक्स अफिसमा सय करोड व्यापार गर्न सफल भएको छ। बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार

बक्स अफिसमा फेरी चल्यो अक्षयकुमारको जादु, गोल्डको उत्कृष्ट सुरुवात 

काठमाडौँ । बलिवुडका खेलाडी कुमार भनेर चिनिने अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’ ले पहिलो दिन राम्रो व्यापार गरेको छ। बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्म गोल्डले पहिलो दिन २५.२५ करोड