पेट्रोलियम पदार्थको मुल्य बढ्यो 

खरीबोट
ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । 

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ बढाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । 

निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य दुई रुपैयाँले बढाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । बढेको मुल्य राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, पेट्रोल लिटरको ११४ रुपैयाँ पुग्यो

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोल र डिजलको मुल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मुल्य बढ्यो 

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मुल्य बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ

आयल निगमको मासिक घाटामा वृद्धि, पेट्रोलियम पदार्थको खपत पनि बढ्यो 

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो 

काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ  । अाइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।