• २०८१ बैशाख ८ शनिबार

आइपिएलमा दिल्लीको तेस्रो हार, कोलकोतासँग ७१ रनले पराजित 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा कोलकोताले दिल्लीलाई ७१ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १२९ रनमा अल आउट भएपछि कोलकोताले खेल ७१ रनले जितेको हो ।

दिल्लीका लागि ग्लेन म्याक्सवेलले ४७ र रिषव पन्तले ४३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्लीको ब्याटिंग अर्डरलाई सुनिल नारन र कुलदीप यादवले ध्वस्त बनाएका थिए । दुवैले तीन-तीन विकेट लिएका थिए । कोलकोताका लागि पियुस चावला, आन्द्रे रसेल, शिभम मावी र टम कुरानले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै २०० रन बनाएको थियो । कोलकोताका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाएका थिए भने आन्द्रे रसेलले १२ बलमा ४१ रनको पारी खेलेका थिए । त्यस्तै रोबिन उठाप्पाले ३५, क्रिस लीयोनले ३१ र कप्तान दिनेश कार्तिकले १९ रन बनाएका थिए ।

दिल्लीका बलर राहुल तेवातियाले ३ विकेट लिए भने क्रिस मोरिस र ट्रेन्ट बोल्टले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच कोलकोताका नितिश राना बनेका थिए ।

आइपिएल अन्तर्गत आजको खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै