राजपा संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

खरीबोट
ad

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । 

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उनका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिए । 

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताए । 

संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत गएका थिए ।
 

सम्बन्धित समाचार

संविधान संशोधनको माग छाडेका छैनौँ : नेता महतो

नेपालगञ्ज। राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् । यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, “हाम्रो मागबमोजिम संविधान

सरकारको ६ महिने कार्यकाल असफल, भाषणबाहेक केही गरेन : लक्ष्मणलाल कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको

राजपा सांसदले प्रधानमन्त्री र सभामुख दुवै जना 'हत्यारा' भएको अभिव्यक्ति दिएपछि...

काठमाडौँ।  राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना 'हत्यारा' भएको अभिव्यक्ति दिएपछि सांसदमा विवाद भएको छ ।  बिहीबारको संसद बैठक चलिरहँदा राजपा सांसद रेशम चौधरीलाई

गाउँपरिषद्मै झडप, राजपाका तीन कार्यकर्ता घाइते

गौशाला। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ ।  राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै