• २०८१ बैशाख ६ बिहीबार

राजपा संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

kharibot

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । 

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उनका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिए । 

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताए । 

संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत गएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै