• २०८१ बैशाख ५ बुधबार

पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी–नेता पौडेल

kharibot

पोखरा ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय भएकोे बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति– ४ द्वारा सोमबार यहाँ आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको बताए । 

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताउँदै पार्टीभित्र अनुशासन कायम राख्न अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने धारणा व्यक्त गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले काँग्रेस आन्तरिक रुपमा संगठन मजबुत गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । 

नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल, संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, संघका प्रदेश नं ४ समितिका अध्यक्ष शिव शर्मा अधिकारी, सदस्य सुरेश कुमार श्रेष्ठ, कास्की अध्यक्ष डार्विन लम्साल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेश नं ४ का प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, विन्दु थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल र नेता राजेन्द्र बुढाथोकीलगायत पार्टीको आन्तरिक अनुशासन सशक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै