• २०८१ बैशाख ८ शनिबार

एमाले-माओवादी एकता: ओली र नेपालको साठगाँठले प्रचण्ड तर्सिए, कसरी होला एकता ?

kharibot

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक, तस्बीर : रासस

काठमाडौँ । एमाले-माओवादीबीचको एकता अन्तिम समय आएर झन् झन् अन्योलमा परेको छ । 

माओवादीले सम्मानजनक एकता खोजेपछि अलिकति भड्किएको एकता प्रक्रिया सरकार संचालनमा प्रधानमन्त्री ओलीको कार्यशैली र प्रधानमन्त्रीको भारत भ्रमणपछि झन् अन्योलमा परेको हो । 

चैत्र २५ गते भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान मात्र एकताका विषयमा छलफल भएको छ । एमल ले छलफल सकारात्मक भएको भने पनि माओवादी पक्षले छलफल नतिजाउन्मुख नभएको बताएको छ । 

खरीबोटसँग कुरा गर्दै मओवादी एक नेताले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएपनि नतिजा निस्किने गरि कुनै किसिमको छलफल नभएको बताए । दुवैविच मंगलबार बिहान एकता संयोजन समितिको बैठक बस्ने समहती बमोजिम आज विहानलाई बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओलीसँग माओवादी सशंकित

एकता प्रक्रियामा आशंका जन्मिनुमा प्रधानमन्त्री ओलीको कार्यशैली नै प्रमुख देखिएको छ । प्रधानमन्त्रीले सरकारका सचिवको सरुवामा माओवादी केन्द्रका मन्त्रीहरुलाई विस्वासमा नलिनु अहिले एकता प्रक्रियामा प्रमुख आशंका बनेर आएको छ भने अहिले नयाँ बजेट बनाउने प्रक्रिया चलिरहेकाले त्यसमा पनि प्रधानमन्त्री र एमालेले एकलौटी गर्न खोजेको माओवादीको आरोप रहेको छ । 

एकता नहुदै दुवै पार्टी अलग अलग हैसियतमा हुदा विस्वासको संकट भएकाले एकता भएपछि झन् कस्तो होला ? भन्दै माओवादी केन्र्दमा हतारमा एकता नगर्ने मत बढिरहेको छ । सोमबार वाइसियलले प्रचण्डलाई भेटेर सम्मानजनक एकता गर्न र हतार नगर्न दबाब दिएको छ ।

नेपाल र ओलीको साठगाँठले प्रचण्ड तर्सिए :

पछिल्लो समय एमाले भित्रका दुई प्रमुख नेता प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एकै ठाउमा उभिदा प्रचण्ड तर्सिएका छन् । नेता नेपाललाई ओलीले अर्को महाधिवेशनमा अध्यक्ष बनाउने बचन दिएपछि नेपालले पछिल्लो समयमा ओलीलाई समर्थन गर्दै आएका छन् ।

अन्तरिम कालमा दुई अध्यक्ष भएपनि ओली विरोधीहरुलाई हातमा लिएर महाधिवेशनपछि अध्यक्ष हुने दाउमा रहेका प्रचण्डले ओली र नेपालको साठगाँठपछि एकीकृत पार्टीमा आफ्नै भविष्य असुरक्षित देखेका छन्, जसले गर्दा पनि एकता प्रक्रियामा अवरोध आउने देखिएको छ ।    

बैशाख ९ गते नै एकता गर्ने एमालेको जोड 

सत्तारुढ दल नेकपा एमालेको सोमबार साँझ बसेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो । 

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए । 

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए । उनले सोमबार बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नुपर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै