कटुवा पेस्तोलसहित दुईजना पक्राउ

खरीबोट
ad

नेपालगन्ज ।  बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ । 

नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो । 

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । 

कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो । 

सम्बन्धित समाचार

काठमाडौँ चुच्चेपाटीबाट ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

साँखु, काठमाडौँ। प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले

काठमाडौँ तिनकुनेबाट पेस्तोलसहित सात जना पक्राउ

काठमाडौँ।  महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

काठमाडौं। भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध

अवैध पेस्तोल बरामद

जाजरकोट । प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ ।  घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनारको घरमा खानतलासी लिँदा एक थान