चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

खरीबोट
ad

विराटनगर ।  चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । 

सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् । दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । 

सम्बन्धित समाचार

रुपन्देहीमा चट्याङ लागेर बालिकाको मृत्यु

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि

सप्तरीमा चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

राजविराज / सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी

उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका चट्याङ लागेर ३ जनाकाे मृत्यु 

गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार  साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ एक जना गम्भिर घाईते भएका छन् । वर्षासंगै परेको चट्याङ्गले लागेर वडान. २ ताम्लिछा गैरीगाउँका ६३ वर्षिय

डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् ।  बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका