• २०८१ बैशाख ८ शनिबार

सलमानले ‘भारत’ मा प्रियंका र कट्रिनासँग रोमान्स गर्ने 

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानले कालो हरिण मारेको प्रकरणमा जमानत भएपछि नयाँ फिल्मको सुटिंग सुरु गरेका छन् । 

रेस-३ को सुटिंग अझै बाँकि नै रहेको बेला सलमानको नयाँ फिल्म भारतको सुटिंग सुरु भएको छ । 

एक्सनले भरपुर हुने भनिएको यस फिल्ममा सलमानलाई उनको चर्चित फिल्म ‘मैने प्यार किया’ को लुकमा देखाउन थालिएको छ । फिल्मलाई अतुल अग्निहोत्रीले निर्माण गर्दै छन् भने फिल्मको निर्देशन अलि अब्बास जाफरले गर्दै छन् ।

फिल्ममा सलमानको अपोजित दुई हिरोइनको नाम चर्चामा आएको छ । प्रियंका चोपडा र कट्रिना कैफ दुवैले फिल्ममा सलमानसँग रोमान्स गर्ने बताइए पनि आधिकारिक हिसाबले जानकारी भने दिइएको छैन । तर निर्माण पक्षलाई उदृत गर्दै फिल्ममा दुवै हिरोइनले काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मका निर्देशक जाफरले सामाजिक संजाल मार्फत फिल्मको प्रि-प्रोडक्सन सुरु बह्येको र फिल्म बारे छिट्टै जानकारी दिने बताएका छन् ।

प्रियंका र सलमानले यस अघि गड तुसी ग्रेट हो र मुझसे शादी करोगीमा काम गरेका थिए । 

त्यस्तै कट्रिनासँग भने सलमानको केमेस्ट्री निकै राम्रो रहेको छ । हालै प्रदर्शनमा आएको टाइगर जिन्दा है ले पनि बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । सलमान  र कट्रिनाले यस अघि एक था टाइगर, मैने प्यार क्यू किया, पार्टनर, युवराज जस्ता फिल्ममा सँगै काम गरेका छन् ।   

फिल्म २०१९ को इदमा रिलिज गरिने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै