• २०८१ बैशाख ८ शनिबार

एमाले-माओवादी एकता संयोजन समितिको बैठक जारी 

kharibot

काठमाडौँ । एमाले र माओवादीबीचको पार्टी एकताका विषयमा छलफल गर्न एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

बैठकले विवादित विषय टुंग्याउन प्रयास गर्ने बताइएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ३ घण्टा भएको छलफल पछि आज संयोजन समितिको बैठक बोलाइएको हो ।

यस प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि भ्रमण सकिएको करिब १० दिन पछि बैठक बसेको हो ।

सोमबार दुई अध्यक्षबीचको बैठकले पनि तात्विक निष्कर्ष ननिकालेको माओवादी नेताहरुले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै