महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

खरीबोट

फाइल तस्बीर

ad

पथरी, मोरङ ।  मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । 

आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो । 

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए । 

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए । उनले भने– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।” 

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरेका छन् । उनले हाल २५ घार मौरी पालेका छन् । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भने–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।” 

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो । 

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् । 

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

सम्बन्धित समाचार

महाकाली नदीमा डुबेर मृत्यु 

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का ३२ वर्षीया कलावती रोकायको आज बिहान महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख नरेन्द्रबहादुर चन्दले रोकायको महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता

यु–१६ महिला फुटबल च्याम्पियनसिप : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित 

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको  समुह इ को पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको छ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएकोखेलमा नेपालले

गणेश चतुर्थी महोत्सव सकियो

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर , परवानीपुर बजारमा गणेश चतुर्थीको शुभ अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव मेला बुधवार गणपत्ति बपा मोरिया ! मंगल मुर्ति मोरिया

काठमाडौं महानगरका मेयर शाक्य अमेरिकामा 

डिसी। काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो । वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत