प्रदेश राजधानी हेटौँडाबाट नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

खरीबोट

हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरेका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

यसैबीच नेता देउवाले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको आज शिलान्यास गरे । विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब रु ११ लाखको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

प्रदेश ३ प्रदेश सभाबाट दुई विधेयक पारित

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न

प्रदेश ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

चितवन । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ ।

बर्डफ्लुबाट नोक्सानी बेहोरेका कृषकलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

हेटौँडा । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ । पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही असार

प्रदेश ३ को स्थायी राजधानी र नामको टुङ्गो चाँडै लाग्ने 

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक


z