गाडी दुर्घटनामा मेयरसहित ७ जना घाइते 

खरीबोट
ad

रुकुम । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते मेयर शर्माको अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । गाडीमा सवार अन्य ६ जना पनि घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।

मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।
 

सम्बन्धित समाचार

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

रुकुम पश्चिम । मुसीकोट वर्षा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा

रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या

मुसिकोट / नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो ।  नमूना शहरको

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते

रुकुम / पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हँुदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् ।  मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१

रुकुममा रङ्गशाला निर्माण अलपत्र

रुकुम । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०-७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव ०७४-७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको