• २०८१ बैशाख ४ मंगलबार

७ फिटको 'आधा जनावर आधा मानव' देखिएपछि मानिसहरु त्रसित !

kharibot

तस्बिर : Mirror Uk/(UFOmania / Youtube)

दक्षिण अमेरिका । अक्सर मानिसहरुमा भूत, राक्षसहरु राति आउँछ भन्ने धारणा छ, यद्यपि विश्वास गर्ने नगर्ने आफूमा भर पर्ने कुरा हो । कल्पनाको सीमा पार गरेका फिल्महरुमा देखिने डर लाग्दो दृश्य तपाईंको छेवैमा देख्नुभयो भने के होला ? पक्कै पनि आश्चर्य र भय एकैसाथ सृजना होला । 

अर्जेन्टिनाको सान्टा फे टाउनमा खिचिएको एउटा फुटेजले अहिले अनलाइनमा चर्चा बटुलिरहेको छ । आधा मान्छे आधा पशुजस्तो देखिने जनावरले एउटा जर्मन शेफर्ड र अर्को पिटबुल कुकुर मारेपछि त्यहाँका बासिन्दा डराएको बताइएको छ । त्यहाँकै स्थानीय बासिन्दाले खिचेको एउटा फोटोमा कुकुरजस्तै देखिने, चारवटा अग्ला अग्ला र निकै दुब्लो खुट्टा भएको जनावरले सबैलाई आश्चर्यमा पारेको हो । 

देख्दा यो ऊँटसँग मिल्दोजुल्दो छ । लामो घाँटी तर टाउको घोडा या खरायोको जस्तै भएको यो जनावर ७ फिट अग्लो रहेको मानिएको छ । तर अहिलेसम्म यो फोटोलाई मात्रै हेरेर यसको चर्चा गरिएको छ । 

यूएफओ मानिया भन्ने आईडीबाट युट्युबमा पोष्ट भएको यो फुटेज चार लाख १६ हजारले हेरिसकेका छन् । एकजनाले त्यसमै सन् २००५ मा यस्तै वस्तु पुल पार गर्दै गरेको अवस्थामा देखेको टिप्पणी समेत गरेका छन् । त्यो देख्दा निकै डर लागेको किनभने त्यसले आफूलाई फर्केर हेरेको र कंगारुजस्तै हिँडेको बताएका छन् । 

त्यस्तै अर्का युजरले फिलिपिन्समा यसलाई आस्वांग भन्ने गरिएको जुन भनेको मानिस कुकुरमा परिवर्तन हुने हुन्छ । यसलाई डेमन पनि भन्ने गरिएको, जो बिरालो या ठूलो चरा पनि हुनेसक्ने भनी लेखेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै