आइसीसीको निलम्बन फुकाउन आवश्यक लचकताका साथ प्रस्तुत हुन्छौ – निलम्बित क्यान 

खरीबोट
ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले आइसीसीको निलम्बन फुकुवा गर्नका लागि अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानको निर्वाचित कमिटीले निलम्बन फुकुवा भइ नेपाली क्रिकेटले निकास पाउने अवस्थामा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएको हो ।

वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं’ सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने पनि बताएको छ ।

‘नेपालको निलम्बन फकुवा भई क्रिकेट अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन रहने एवं सम्बन्धित पक्ष अत्यन्तै जिम्मेवारीका साथ प्रस्तुत हुनेछन् भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

क्यानले आफूहरु सँधै विधि र प्रक्रियाको पक्षमा रहेको बताउँदै आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेको बताएको छ ।

क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा यहि वैशाख ६ र ७ गते हुँदैछ । 
 

सम्बन्धित समाचार

छाला क्यान्सरको उपचारको लागि नयाँ थेरापी 

काठमाडौं । वैज्ञानिकहरुले एक यस्तो अणुको पहिचान गरेका छन् । जसले छाला क्यान्सरको  लागि प्रतिरोधक क्षमताको विकास गर्दछ । पिएनएएस प्रत्रिकामा प्रकाशित एक अध्ययन अनुसार डाइप्रोवोसिम नामक अणुलाई अहिले दिदै गरेको

शारजाहमा हुने अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा तीन नेपाली क्रिकेटर समावेश

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको (एपीएल) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु समाबेस गरिएको छ । युएईको शारजाहं क्रिकेट मैदानमा आयोजन हुने एपिएल

हाम्रो वरिपरि नै छन् क्यान्सरका प्रमुख कारक तत्त्व  

हाम्रो वरिपरि नै वातावरणमा क्यान्सर उत्पन्न गर्ने तत्त्व अथवा केमिकलहरू छन् । हामीले ती केमिकललाई देख्न सक्दैनौं, तर तिनले थाहै नपाई हामीलाई क्यान्सरको नजिक पुर्याइरहेका हुन सक्छन् ।  क्यान्सर धेरै खतरनाक

मलेसियामा लय गुमाएको नेपाली क्रिकेट 

काठमाडौँ। एशिया कप खेल्ने आशा बोकेर मलेसिया पुगेको नेपाली क्रिकेट टिमले निराशाजनक प्रदर्शन गरेको छ । लन्डन र नेदरल्यान्ड्सको टुरपछि मलेसिया पुगेको नेपाली टिम एकदिवसीय मान्यता पाएको टिमको रुपमा उच्च