• २०८१ बैशाख ८ शनिबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सूर्यविनायकबाट पक्राउ

kharibot

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ३२ वर्षीय बिनोद लामालाई पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै