काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
मगंलबार दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले पुलिसलाई २–१ गोल अन्तरवले पराजित गरेको हो ।
मछिन्द्रको जितमा दुवै गोल ओलावाला अफिजले गरेका हुन् । उनले खेलको ८ औं र ३९ औं मिनेटमा गोल गरेका हु्न । नेपलाी पुलिसका अन्जन राईले एक गोल गरे ।
यस जितसँगै पहिलो जित निकालेको मछिन्द्रको ४ खेलबाट ४ अंक भएको छ । समान अंक भएको नेपाल पुलिसले अहिलेसम्म जितविहिन छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ ।