हामीले प्रयोग गर्ने ग्यास कति सुरक्षित ? जम्मा ८ ग्यास उद्योगले लिए गुणस्तर चिन्ह

खरीबोट
ad

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी रहेका छन् । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उत्पादन र गुणस्तरसम्बन्धी आवश्यक कागजात पूरा गरेका ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिए । विभागले गत पुसमा गुणस्तर चिह्न नलिएका ग्यास उद्योगमाथि निगरानी बढाएपछि गुणस्तर चिह्न लिने उद्योगको संख्यामा वृद्धि भएको महानिर्देशक पुडासैनी बताउछन् । 

कोशी ग्यास र रिजल्को ग्यास मोरङ, श्रीराम ग्यास, ओम ग्यास, भानु ग्यास र गीता ग्यास धादिङ, जगदम्बा ग्यास, नेपाल ग्यास नारायणी र अम्बर ग्यास बारा, मनकामना ग्यास नेपालगञ्ज, सगरमाथा ग्यास, सूर्य ग्यास र चन्द्रेश्वरी ग्यास काभ्रे र पञ्च महालक्ष्मी ग्यास तथा त्रिशूल ग्यास रुपन्देही गुणस्तर चिह्न लिने अन्तिम चरणमा रहेका छन् । 

यसैगरी विभागले नोबेल ग्यास धनुषा, नमिते ग्यास, सिद्धार्थ ग्यास, काब्सन्स ग्यास र सत्यनारायण ग्यास धादिङ, गौरीशंकर ग्यास काभ्रे, सिद्धार्थ ग्यास र बुटवल ग्यास रुपन्देही, नारायणी ग्यास, उग्रचण्डी ग्यास, बाबा ग्यास चितवन, आरती ग्यास, राजधानी ग्यास नवलपरासी, एभरेष्ट ग्यास काठमाडौँ, गृहलक्ष्मी ग्यास र शक्ति ग्यास कास्कीलाई अनुगमन गरी गुणस्तर चिह्न लिन आग्रह गरेको छ । 

यसैगरी पाथिभरा ग्यास, पराजुली ग्यास, कन्काई ग्यास र मेची ग्यास झापा, त्रिवेणी ग्यास धादिङ, सुगम ग्यास र प्रिमा ग्यास सुनसरी, साहरा ग्यास मकवानपुर, भेरी ग्यास नेपालगञ्ज, सुपर ग्यास, लियो ग्यास बारा, रोयल ग्यास धनगढीलाई पनि गुणस्तर चिह्न लिन आग्रह गरेको छ । विभागले राप्ती ग्यास उद्योग दाङमा भने अहिलेसम्म अनुगमन गरेको छ्रैन । 

सम्बन्धित समाचार

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मुल्य बढ्यो 

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मुल्य बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ

ग्यास बोकेको कण्टेनर त्रिशूलीमा खस्यो

चितवन। एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ ।  जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर

प्रधानमन्त्री ओलीद्वारा विराटनगरमा गोबर ग्यासको उद्घाटन, ३५ घरमा पाइपबाट ग्याँस 

विराटनगर । पहिलो प्रधानमन्त्रीको कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छु’ भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। यो सार्थकता प्रधानमन्त्रीको पहलमा भने

नेपाल ग्यासकोे ग्यास कम्पोजिट सिलिण्डर बजारमा

काठमाडौं । पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल राडिसनमा आयोजना गरिएको समारोहबीच सोमबार उक्त सिलिण्डरको बिक्री प्रवद्र्धन समुद्घाटन उद्योग, वाणिज्य तथा