• २०८१ बैशाख ७ शुक्रबार

मिस नेपाल निकिता चण्डक फिल्ममा डेभ्यु गर्दै

kharibot

काठमाडौँ । मिस नेपाल बनेपछि सबै भन्दा पहिलो लक्ष्य सिनेमा क्षेत्र नै हुने गरेको देखिएको छ ।

नेपालमा मात्र होइन बलिवुड र हलिवुडमा समेत यहि ट्रेन्ड देखिन्छ ।  प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा त्यति सफल नभएपनि पछिल्लो समय सृष्टी श्रेष्ठले केहि सम्भावना देखाएकी छन् । अनमोल केसी स्टारर फिल्म 'गाजलु' बाट भित्रिएकी सृष्टि श्रेष्ठको दोस्रो फिल्म भने रिलिज हुन् सकेको छैन । 

यसैबीच नयाँ मिस नेपाल घोषणा भएसँगै  २०१७ की मिस नेपाल निकिता चण्डकले पनि फिल्ममा डेब्यु गर्ने भएकी छन् । 

निकिताले ‘रानीमहल’नामक फिल्मबाट आफ्नो कलिवुडको यात्रा सुरु गर्ने भएकी छन् । निकिताले फिल्म साइन गरेको आधिकारिक जानकारी दिएकी छन् । यसअघि उक्त फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएपनि अहिले फिल्ममा निकिताको प्रवेश भइसकेको बताइएको छ । फिल्ममा प्रशान्त ताम्राकारको ठाउँमा अर्जुनजंग शाही आएका छन् ।

हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्म रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै