आसीसीद्वारा क्यानको विशेष साधारणसभाको स्वागत, निलम्बन फुकुवाका लागि एक कदम अगाडी बढ्यो 

खरीबोट
ad

काठमाडौँ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । 

आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।

निलम्बित क्यानले आज पत्रकार सम्मेलन गर्दै आगामी विहिबार र शुक्रबार विशेष साधारण सभा बोलाउने जानकारी गराएसँगै आसीसीले एक विज्ञप्ती जारि गर्दै क्यानको सो कदमको स्वागत गरेको छ ।

आइसीसीले नेपालले हालै पाएको एकदिवसीय मान्यता ऐतिहासिक भएको भन्दै, सल्लाहकार समुहले दिएको सुझावको आधारमा विधान संशोधन भए आगामी जुलाईमा बस्ने आइसीसीको बार्षिक बैठकले नेपालको निलम्बन फुकुवा गर्ने उल्लेख गरेको छ ।

आसीसीका डेपुटी चेयरम्यान इमरान ख्वाजाले आफुहरुले नेपालको क्रिकेटको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरेको भन्दै विशेष साधारणसभा सकिना साथ आसीसीको बोर्ड बैठक बस्ने बताएको आसीसीले उल्लेख गरेको छ ।

आर्इसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको विधान संशोधन गरे पनि निर्वाचित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो ।

त्यस विधानलाई आईसीसीसामु बुझाए पनि विश्व क्रिकेटको सर्वोच्च निकाय सन्तुष्ट नहुँदा फेरि साधारणसभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो । 

सम्बन्धित समाचार

छाला क्यान्सरको उपचारको लागि नयाँ थेरापी 

काठमाडौं । वैज्ञानिकहरुले एक यस्तो अणुको पहिचान गरेका छन् । जसले छाला क्यान्सरको  लागि प्रतिरोधक क्षमताको विकास गर्दछ । पिएनएएस प्रत्रिकामा प्रकाशित एक अध्ययन अनुसार डाइप्रोवोसिम नामक अणुलाई अहिले दिदै गरेको

हाम्रो वरिपरि नै छन् क्यान्सरका प्रमुख कारक तत्त्व  

हाम्रो वरिपरि नै वातावरणमा क्यान्सर उत्पन्न गर्ने तत्त्व अथवा केमिकलहरू छन् । हामीले ती केमिकललाई देख्न सक्दैनौं, तर तिनले थाहै नपाई हामीलाई क्यान्सरको नजिक पुर्याइरहेका हुन सक्छन् ।  क्यान्सर धेरै खतरनाक

सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबिच सम्झौता भएको छ । दुई संस्थाका प्रमुुखहरुबिच हस्पिटलले दिने बिभिन्न सेवा सुबिधामा छुुट दिने बिषयमा सम्झौता

महोत्तरीमा क्यान्सर रोगको उपचार सुरु

महोत्तरी । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले क्यान्सर रोगको उपचार गर्न सुरु गरेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको