• २०८१ बैशाख ७ शुक्रबार

आसीसीद्वारा क्यानको विशेष साधारणसभाको स्वागत, निलम्बन फुकुवाका लागि एक कदम अगाडी बढ्यो 

kharibot

काठमाडौँ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । 

आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।

निलम्बित क्यानले आज पत्रकार सम्मेलन गर्दै आगामी विहिबार र शुक्रबार विशेष साधारण सभा बोलाउने जानकारी गराएसँगै आसीसीले एक विज्ञप्ती जारि गर्दै क्यानको सो कदमको स्वागत गरेको छ ।

आइसीसीले नेपालले हालै पाएको एकदिवसीय मान्यता ऐतिहासिक भएको भन्दै, सल्लाहकार समुहले दिएको सुझावको आधारमा विधान संशोधन भए आगामी जुलाईमा बस्ने आइसीसीको बार्षिक बैठकले नेपालको निलम्बन फुकुवा गर्ने उल्लेख गरेको छ ।

आसीसीका डेपुटी चेयरम्यान इमरान ख्वाजाले आफुहरुले नेपालको क्रिकेटको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरेको भन्दै विशेष साधारणसभा सकिना साथ आसीसीको बोर्ड बैठक बस्ने बताएको आसीसीले उल्लेख गरेको छ ।

आर्इसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको विधान संशोधन गरे पनि निर्वाचित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो ।

त्यस विधानलाई आईसीसीसामु बुझाए पनि विश्व क्रिकेटको सर्वोच्च निकाय सन्तुष्ट नहुँदा फेरि साधारणसभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै