बालकको अपहरण पछि हत्या गर्नेलाई ३१ वर्ष कैद

खरीबोट
ad

गौशाला ।  बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । 

जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १ बस्ने पप्पु यादव र वडा नं ६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो । साथै दुवै जनालाई जनही करीब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए । 

सोही मुद्दामा जलेश्वर –२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करीब रु १६ लाख जरिवाना ठहर गरेको छ ।

अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग रु ३० लाख भारतीय फिरौती मागेका थिए । बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाकमुख थिची हत्या गरेका थिए । 

सम्बन्धित समाचार

महोत्तरीका स्वास्थ्यकर्मी आन्दोलनमा

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी

आठ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

धनुषा । महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । शनिबार प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै

महोत्तरीमा मोटरसाइकलको निहुँमा आत्महत्या

महोत्तरी । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँका

महोत्तरीमा विद्यालय हिंडेका बालक बेपत्ता

महोत्तरी । विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर