प्रसिद्ध कोरियाली कलाकार चोइको मृत्यु

खरीबोट
ad

सोल (रासस/एएफपी) / दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो । यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बस्नुभएको पनि जनाइएको थियो । 

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उहाँलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । 

सम्बन्धित समाचार

महाकाली नदीमा डुबेर मृत्यु 

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का ३२ वर्षीया कलावती रोकायको आज बिहान महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख नरेन्द्रबहादुर चन्दले रोकायको महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता

विषाक्त मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु, ११ को उपचार हुदै 

काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपालीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ ।  मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई

दुर्घटनामा स्कुटर चालकको मृत्यु

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।  गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट

अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका। संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका