राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज

खरीबोट
ad

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो । 

अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो । 

सम्बन्धित समाचार

'जबर्जस्ती सडक विस्तार'विरुद्ध परेको मुद्दामा सर्वोच्चले माग्यो सरकारको जवाफ 

काठमाडौं ।  सर्वोच्च अदालतले 'जबर्जस्ती सडक विस्तार'विरुद्ध परेको एक मुद्दामा सरकारलगायतका विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ । सिन्धुलीका स्थानीयले सरकारले राज्य आतंक देखिने गरी आफ्ना हकभोग रहेका घरजग्गा हटाउन

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा पेश गर्न आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर

काठमाडौँ। नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ ।  प्रकाण्डका तर्फबाट उनका भाइ वीरेन्द्र विश्वकर्माले आइतबार बन्दीप्रत्यक्षीकरणको

प्रकाण्ड फेरी पक्राउ, सर्वोच्चको असन्तुष्टि  

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फेरि पक्राउ परेका छन् ।  दाङबाट काठमाडौं ल्याईएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै